इन्द्रेणी संवाददता
दाङ, ११ माघ । शुक्रवार पर्यटन मन्त्री योगेश भट्टराइले विधिवतरुपमा उद्घाटन गरेको घोराहीमा सञ्चालित नेपाल भ्रमण वर्ष २०२० कृषि तथा औद्योगिक व्यावारिक महोत्सवमा आज ख्याती प्राप्त काकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।
आज शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने आयोजकले जनाएको छ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन भएको महोत्विमा आज लोक दोहोरी गायक पुष्कल शर्मा, चन्द्र शर्मा को विशेष प्रस्तुति रहने छ भने जिल्लामा उदयमान कलाकारहरुले पनि आफ्नो प्रस्तुती राख्ने छन् । महोत्सव माघ २२ गतेसम्म चल्नेछ ।











