तिर्थराज ज्ञवाली
देउखुरी, १० माघ । दाङको राप्ती गाउँपालिका स्वास्थ्य शाखाले हात्तीपाइले रोग विरुद्ध आम नागरिकलाई सहज र सरल तवरले औषधि सेवन गराउका लागि सरोकारवालाहरु संग छलफल गरेको छ ।
हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने दिन नजिकीदै गर्दा योजना निर्माण तथा गत वर्षको उपलब्धी बारे समिक्षाको लागि सरोकारवालाहरु संग छलफल गरेको छ गरिएको हो ।
शुक्रबार राप्ती गाउँपालिकामा भएको कार्यक्रममा हात्तीपाइले रोगका वारेमा जानकारी दिईनुका साथै हाल यसको विश्वब्यापी तथा नेपालमा रहेको भयावह अवस्थाका बारेमा जानकारी गरिएको छ ।
हात्तीपाइले रोगको कारण, देखीने लक्षण, रोकथामका उपाय तथा औषधि सेवनको प्रक्रियाका वारेमा सरोकारवालाहरु संग छलफल समेत गरिएको छ ।
राप्ती गाउँपालिकामा विगतका वर्षहरुमा हात्तीपाइले रोगको अवस्था र निदानका लागि गरिएको प्रयासका वारेमा जानकारी दिदै राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले आगामी माघ २५ गतेदेखी सुरुहुने हात्तीपाइले रोग विरुद्धको औषधि खाने खुवाउने अभियान सफल पार्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरे ।











