सुर्खेत, ८ माघ । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते वस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग ९गठन तथा कार्यसञ्चालन० आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको वैठक पहिलो पटक वस्न लागेको हो ।

karnali-pradeshपरिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा वस्ने वैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका वारेमा सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिईने योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले जानकारी दिए ।
कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रुपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना आव २०७६÷७७–२०८०÷८१० मस्यौदामा १० वटा परिच्छेद रहेका छन । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाहरुको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ ।

माघ १० गते विहान ८ वजेदेखि प्रदेश राजधानी वीरेन्द्रनगर स्थित शुभ होटेलमा शूरु हुने वैठकको सवै तयारी पुरा भएको परिषद सदस्य समेत रहनुभएका योजना आयोगका सदस्य रोकायले जानकारी दिए ।