तुलसीपुर, ६ माघ । तुलसीपुर महोत्सव नजिकिंदै गर्दा महोत्सवमा यातायात व्यवस्थापनलाइ सहज बनाइएको छ । विशेषगरी नजिकका यात्रुहरुलाइ लक्षित गरी यातायात व्यवस्थापन समेत भैसकेको महोत्सव आयोजक यातायात उपसमितिले जनाएको छ ।
कुनैपनि यात्रुले महोत्सवमा यातायातको समस्या भोग्नुपर्ने अवस्था नआओस भनेर यातायात व्यवस्थापन गरिएको यातायात तथा स्वयमसेवक उपसमितिका संयोजक शुरेश हमालले बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका यात्रुहरुलाइ मध्यनजरगर्दै जिल्लाका सवै यातायात व्यवसायीहरुको पहलमा नगर बस सन्चालनको अवधारणा ल्याइएको बताइएको छ । तुलसीपुरमा हुने महोत्सवलाइ सफल बनाउने सन्दर्भमा महोत्सव आयोजना गर्ने स्थल तुलसीपुरको हात्तिखौवा सम्म यातायात सेवा लक्षित गरिएको छ ।
त्यसका लागि तुलसीपुरको दक्षिण क्षेत्र पुकार पशलदेखि महोत्सव स्थल, उत्तर लाहुरेचौर देखि महोत्सव स्थल, पश्चिम कृष्णमन्दीर देखि महोत्सवस्थल र पुर्वमा विजौरीदेखि महोत्सवस्थल सम्म नगरबस सञ्चालन गरिनेछ ।











