इन्द्रेणी संवाददाता
बागलुङको जैमिनी मेलामा गायिका रिना केसीले बेजोड प्रस्तुति दिएकी छिन ।
कहाँ गयौ भँगेरी चरीबाट नेपाली सांगीतिक आकासमा उदायकी प्रतिभा केसीले स्टेजमा गएर आफ्नो प्रस्तुति दिन थालेपछि हजारौं दर्शकहरु उनी संगै झुमेका थिए ।
स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन- कृषि, उद्योग, ब्यापार तथा पर्यटनको प्रबर्द्धन भन्ने मुल नाराका साथ साहारा क्लबले आयोजना गरेको मेलामा केसीले आफ्नो चर्चित गीत भँगेरी चरी र के छ ओइ पानपाते ठुली गाएकि थिइन ।
भँगेरी चरीबाट नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका पछिल्लो समय मेला महोत्सवहरुमा निकै नै रुचाइएकी गायिका हुन ।











