इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ ले विभिन्न समुदायमा रहेका आफ्नै मौलिक भाषा तथा संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएका छन् । शनिवार दाङको घोराहीमा मगर साँस्कृतिक भेषभुषा प्रतियोगितालाई उद्घाटन गर्दै मन्त्री पुनले हाम्रा मौलिक भेषभुषा र संस्कृति नेपालको सम्पति भएकाले यिनीहरुलाई संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको बताएका हुन् ।

barsaman-punपछिल्लो समयमा आधुनिकताका नाममा विभिन्न जतजातिका मौलिक भेषभुषा र संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै उनले त्यस्ता लोपउन्मुख संस्कृतिलाई सम्मान गर्दै संरक्षणमा जुट्नुपर्ने बताए । मगर समुदायमा झनै विभिन्न प्रकारका भेषभुषा र संस्कृति रहेको भन्दै यसलाई संरक्षण गर्न सके पर्यटन विकासको आधार बन्न सक्ने उनको भनाइ थियो ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रिय समितिको आयोजनामा सुरु भएको कार्यक्रममा बोल्नै वत्तलाहरुले मगर समुदायको भेषभुषा र संस्कृति नेपालको पर्यटन क्षेत्रसँग पनि जोडिएको हुँदा यसको संरक्षण गर्न सके मुलुकको पर्यटन विकासमा टेवा पुग्नेमा जोड दिएका थिए ।