तुलसीपुर ४ माघ । यही माघ १० गतेदेखि हुने तुलसीपुर महोत्सवमा करीव १५ करोडको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष्य छ । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक विरबहादुर रावत विरुले तुलसीपुरमा हुन लागेको महोत्सवले तुलसीपुरसहित पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
तुलसीपुरमा हुन लागेको तुलसीपुर महोत्सव २०७६ का बारेमा जानकारी दिने उदेश्यले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रावतले संघले समय समयमा आयोजना गरेको मेला महोत्सवबाट रकम वचत गरेर बिकास निमार्णका पूर्वाधारहरु जोडेको र यस पटकको महोत्सव बाट निमार्णाधिन सभाहललाई पूर्णता दिने बताए ।
उनले नेपालमा भ्रमण वर्ष २०२० चलिरहदा घुम्न जाऊँ तुलसीपुरको अभियानलाई सफल बनाउन समेत यो महोत्सवले अहम भूमिका निर्वाह गर्ने भन्दै जिल्लाको पर्यटकिय विकासमा समेत कोषे ढुगा सावित हुने बताए ।
पत्रकार सम्मेलनमासंघका निवर्तमान अध्यक्ष विमल रिजालले महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने अपेक्षा लिएको बताए ।











