विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ ।

थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

रानाका अनुसार थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो ।  भर्ना गरिएलगत्तै थापालाई मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको थियो ।