दाङ, ९ पुस । तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १४८९ नम्बर बस दुर्घटना हुँदा करीव २४ जना घाइते भएका छन् । घोराही लमही सडकखण्डअन्तर्गत मसोट खोलामा वस दुर्घटना भएको थियो ।

accdentघाइतेको अवस्था सामान्य रहेको लमही प्रहरीले जनाएको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
वस मसोटको दोस्रो मोडमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना आज दिउँसो पौने १२ बजे भएको थियो ।