इन्द्रेणी संवाददाता
दाङ, ३ पुस । दाङको तुलसीपुरमा टेक्टरको ठक्करबाट एक स्कूले बालिकाको मृत्यु भएको छ । तुलसीपुर ५ गोदाम घर नजिकै रा १ त १४३५ नम्बरको टेक्टरले ठक्कर दिदा तुलसीपुर ७ शिवनगर वस्ने तुल्सी आवासिय मावि कक्षा ८ मा अध्ययनरत विजिता केसीको मृत्यु भएको हो ।

accdentसोही दुर्घटनामा परी सोही निवासी १४ वर्षकी मनिषा वलीको वाँया हातमा चोट लागेको छ । घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलस्पुरमा उपार भइरहेको प्रहरी जनाएको छ । टेक्टर चालक प्रहरीको नियन्त्रणमा छ भने दुर्घटनामा बालिका केसीको मृत्यु भएपछि केही वेर तनाव उत्पन्न भएको थियो ।