काठमाडौं, ३० मंसिर । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको हो ।
राति १० २० बजे ओम अस्पतालमा पुर्याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । उनको निधनको खास थाहा नभए हृदयघात भएको हुनसक्ने शंका गरिएको छ ।
आज बिहान १० बजेपछि भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ। त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने छ । ५२ वर्षीय भट्टराई चलचित्रकर्मी पनि हुन् ।











