इन्द्रेणी संवाददाता
दाङ, १८ माघ । नेविसंघ दाङले सरकार विरुद्ध घोराहीमा प्रदशैन गरेको छ । आज शुक्रवार घोराहीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।
सो क्रममा प्रहरीलाई झुक्याउदै तुलसीपुर चोकमा प्रधानमन्त्री ओलीको पुत्ला समेत दहन गरिएको थियो । प्रदर्दनमा नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्रीको राजीनामा र अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग समेत गरेका थिए ।












