काठमाडौं, ४ मंसिर । अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी आज मनाइँदैछ । दिवसका अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा केन्द्रिय वालकल्याण समितिले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

balaसन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा दिनमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस बनाउन थालिएको हो । नेपाल सहित विश्वका १ सय ९३ राष्ट्रहरुले यो महासन्धीलाई अनुमोदन गरिसकेका छन् ।

यो दिवस मनाइरहदा देशैभर ५ हजार सडक बालक रहेको तथ्यांक छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वमा पाँचदेखि १७ वर्षउमेरका लगभग १ सय ६० करोड बालबालिका बालश्रममा छन् ।