दाङ, १० असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा आयोजना गरिएको महायज्ञ सकिएको छ । सिद्धि विनायक संत्संग सेवा समिति दाङको आयोजनामा असोज १ देखि सुरु भएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मंगलवार सकिएको हो ।

IMG_2559घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान नेपाल दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ को मंगलवार समापन गरिएको हो ।

महायज्ञमा ३१ लख बढि नगद दान संकलन भएको छ । मंगलवार अन्तिम दिनसम्म ३१ लाख २१ हजार ३ सय ८५ रुपैया नगद दान संकलन भएको महायज्ञका निर्देशनक डा. भोलानाथ योगीले जानकारी दिए । जसमा प्यूठान विजुवार हाल घोराही उपमहानगरपाकिला वडा नम्बर १५ रतनपुरका बसन्तराज थापा (प्रकाश) ले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गर्नुभएको छ ।

बसन्तराज थापा र उनको धर्मपत्नी सुशीला केसी थापाले स्व.आमा चन्द्रावति थापाको स्मृतिमा सो रकम दान गरेको महायज्ञका आर्थिक समिति संयोजक केशव गिरीले जानकारी दिए । थापा परिवार यस महायज्ञमा सबैभन्दा धेरै दान गर्ने दम्पती बनेको छ । महायज्ञमा मंगलवार दाङ जिल्ला उद्योग वाणिज्य संघले २५ हजार ५ सय ५५ दान गरे ।