विरगञ्ज, १० असोज । पर्सामा बन्दै गरेको शौचालय भित्र थुनिएर हजुरबुबा र नातीको ज्यान गएको छ । छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा नयाँ निर्माण हुँदै गरेको घरको शौचालय भित्र ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न भित्र पसेका ११ बर्षीय नाती र ६० बर्षीय हजुरबाबुको मृत्यु भएको हो ।

death-bodyमृत्यु हुनेमा ६० बर्षीय पल्टन साह र ११ बर्षीय गौतम साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पूरा निर्माण भइनसकेको नयाँ घरको शौचालयमा भित्र पट्टिबाट ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न मंगलबार ढक्कन खोलेर भित्र पसेका हजुरबुबा पल्टन र उनका नाती गौतम धेरैबेर बाहिर नआएपछि आफन्तले निगरानी राख्दा अचेत देखेपछि बाहिर निकाल्दा दुवैको मृत्यु भइसकेको थियो ।