काठमाडौं, ८ असोज । एसिड आक्रमणबाट गम्भीर घाइते भएकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ । एसिड आक्रमणपछि किर्तिपुर अस्पतालमा उपचाररत दासको गएराति मृत्यु भएको हो ।

acid-attacksआक्रमणमा घाइते उनकी बहिनी सुस्मिताको पनि किर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । सम्झनाको मृत्युपछि बाबु जादुलाल दासले भने ‘एसिड छर्किएर मेरी छोरीको हत्या गर्ने अपराधिलाई फाँसिको सजाय हुनुपर्छ माग गरेका छन् । सम्झनामाथि गत भदौ २६ गते एसिड प्रहार भएको थियो ।