दाङ, ७ असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा ८ लाख दान संकलन भएको छ । महायज्ञको शनिवारसम्म ८ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाका लागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवासका लागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा शनिवारसम्म ८ लाख ९५ हजार ६ सय ५३ रुपैया नगद दान संकलन भएको लेखा समितिले जानकारी दिएको छ ।
सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा भएको महायज्ञमा शनिवारसम्म घोराही उपमहानगरालिका वडा नम्बर १० का महेन्द्र रावत र गीता रावतले सबैभन्दा धेरै रकम दान गरेका छन् । रावत दम्पतीले शनिवार १ लाख ११ हजार १ सय ११ रुपैया दान गरे ।











