काठमाडौं, ७ असोज । सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बृद्धि गरिएको छ । सरकार र यातायात व्यवसायीबीच दशैँको टिकट खुलाउने निर्णयसँगै १० प्रतिशत भाडा बढाउने सहमति भएको हो । सहमति अनुसार सार्वजनिक यातायातमा आजैदेखि लागू हुने गरी भाडा वृद्धि भएको छ ।
गत ३१ भाद्रमा यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ताका प्रतिनिधि, सुरक्षा निकाय समेतका प्रतिनिधि सम्मिलित बैठकमा महासंघले ५ असोज देखि दशैंका लागि अग्रीम बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।
तर बुकिङ खुल्ला गर्नु भन्दा अगाडि नै आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाले सरकारले मुल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै बुकिङ रोकेको थियो ।











