इन्द्रेणी संवाददाता
दाङ, ६ असोज । सिसा सगुन वचत तथा ऋण सहकारी संस्था आफ्नो सातौं साधारणसभा सम्पन्न गरेको छ । आज शनिवार घोराहीमा भव्य कार्यक्रमको आयोजना गरी साधारणसभा सम्पन्न गरेको हो ।

aaaaकार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी नीति, विधि र प्रविधिअनुसार सञ्चालन गर्न सके सहकारीले फड्गोमार्ने उल्लेख गर्दै सिसा सहकारी पनि जिल्लाको एउटा उदाउदो सफल सहकारी भएकाले यसलाई सहकारी नीति, विधि र प्रविधिबाट सञ्चालन गर्दै अझ सफलता हाँसिल गर्न शुभकामना व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले सहकारी बाटो सपारे प्रगति गर्दै जानेर बाटो विराए केही छिनमै ओरालो लाग्ने भन्दै यसमा सचेत भएर अगाडि बढ्न सिसा सहकारीलाई सुझाव दिएका थिए । उनले सहकारीमार्फत घोराही उपमहानगरपालिकाको सरसफाइमा पनि सहकारीहरु लाग्ने तर त्यसका लागि अगुवाइ उपमहानगरले गर्ने बताए ।

संस्थाका अध्यक्ष वालचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेलले सिसा सहकारी संस्थालाई जिल्लाकै नमूना सहकारीको रुपमा विकास गर्न शुभकामना दिए ।

bbbbउपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष सक्तिराम डाँगीले सहकारी आफैमा व्यक्तिलाई स्वरोजगार बनाएर उद्देश्यको संस्था भएकाले विभिन्न क्षेत्रमा लगानी गर्दै विदेशिने हाम्रो रकमलाई स्वदेशमै राख्न सक्नुपर्ने बताए । उनले सहकारीलाई घोराही उपमहानगरको सरसफाइमा साथ दिन समेत आग्रह गरे । वढडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले पनि सिसालाई आफ्नो उद्देश्य र लक्षमा पुग्न शुभकामना दिए ।

कार्यक्रममा स्वागत संस्थाका व्यवस्थापक शिवराज खनालले गरेका थिए भने पदम सुवेदी संस्थाका सल्लाहकार विमल श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले आफ्ना विचार राखेका थिए । सो अवसरमा कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

४७७ शेयर सदस्य भएको उक्त सहकारीले पेन्सन बचत, शैक्षिक कर्जादेखि विभिन्न आकर्षक कर्जाको व्यवस्था गर्नुका साथै संस्थालाई आगामी वर्षमा अझ अगाडि बढाउन विभिन्न महत्वपूर्ण विषय पनि पारित गरेको छ । कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गरेका थिए ।