इन्द्रेणी संवाददाता
अछाम, असोज ४ । यातायात व्यवसायीहरुले आयोजना गरेको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अछामको साँफेबगरमा हवाई फायर गरेको हो । अबस्था लाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै लाठीचार्ज समेत गरेको छ ।
प्रहरीको लाठीचार्जबाट थुप्रै आन्दोलनकारी घाइते भएका छन् । सार्वजनिक यातायात व्यावसायीले सवारी ऐनको विरोध गर्दै तीन दिनदेखि राजधानी बाहिर सार्वजनिक यातायात ठप्प पारेका छन् । घटना बारे थप बिबरण आउन बाँकी छ।











