इन्द्रेणी संवाददाता
दाङ, ४ असोज । जनप्रतिनिधिहरुको पहलमा भरतपुर स्कुलदेखि पडाडिबाट चौघेरा जोड्ने सडक मर्मत गरिएको छ ।
कटुवाखोलामा बाढी आउँदा बैकल्पिक प्रयोग गरिदै आएको उक्त सडक खोला जनिकै अप्ठ्यारो भएकाले सो क्षेत्रमा डोजर लगाएर निर्माण गरिएको हो ।
घोराही उपमहानरपालिका वडा नं. १४ का अध्यक्ष खुशीराम चौधरी र वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेय, सदस्य दिलीप डिसीलगायतको पहलमा उक्त सडक मर्मत गरिएको छ ।











