इन्द्रेणी संवाददाता
दाङ, १ भदौ । जिल्ला प्रशासन कार्यालय दाङले शनिवार पनि सेवाग्राहीलाई सेवा दिने भएको छ ।
भदौ १ गतेदेखि लागु हुने गरी अब जिल्ला प्रशासन कार्यालय शनिवार पनि खुल्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शनिवार जिल्ला प्रशासन कार्यालय विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुलेर सेवा सञ्चालन हुनेछ ।











