तुलसीपुर, २७ साउन । ग्वारखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीलाई गए राति ग्वारखोलाले बगाउँदा मृत्यु भएको हो ।
चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत उनलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । गए राति खोलाले बगाए पनि उनको शव भने आज आइतवार मात्रै फेला परेको हो ।











