दाङ, २१ साउन । नेपाल कम्युष्टि (नेकपा) की सचेतक शान्ता चौधरीले दाङको तुलसीपुर-घोराही र घोराही-लमही सडकखण्डमा बन्दै गरेको पुल निर्माणमा ठेकेदारहरुको चरम लापरबाहीको कारणले गर्दा दैनिक सयौं यात्रुहरु सधै सास्ती भोग्नु परेको भन्दै संसद मार्फत सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।

katuwa-878x300पुल निर्माणमा ठेकेदारहरुको ढिलाईको कारण हिज ग्वार खोलामा बाढीले बस बगाउँदा २ जना गम्भीर घाइते हुनुपरेको र सयौं यात्रुहरू अलपत्र पर्दै आएको सचेतक चौधरी बताएकी छन् ।

पुल निर्माणको लागि बर्षौं बितिसक्दा पनि अझैसम्म ५० प्रतिशत काम नसक्ने ठेकेदारहरुलाई कार्वाही गरिनुपर्ने या पुलनिर्माणको लागि सम्झौता अनुसार गरिएको समयमा निर्माण गर्नुपर्ने र नागरिकहरुलाई सहज यात्राको वातावरण बनाईदिन संसद मार्फत चौधरीले सरकारलाई आग्रह गरिने ।