काठमाडौं, २१ साउन । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पाएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि १५ दिनको बिदामा बसेका छन् ।

umparkashaमिश्रले उनले आइतबार आफूसहित १० वटा इजलास तोके । आइतबार पेसी तोकेका ४६६ मध्ये ४७ मुद्दाको फैसला र ९१ मा आदेश जारी भएको छ । बाँकी मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ ।

मिश्रले आफ्नै इजलासमा ५७ वटा मुद्दाको पेसी राखेका थिए । तीमध्ये ४ फैसला र ११ आदेश भएका छन् । यसैबीच सर्वोच्च अदालतको वेभसाइटमा दीपकराज जोशीको नाम हटाएर कामु प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम राखिएको छ ।