दाङ, १८ साउन । घोराही उपमहानगरपालिका १२ हापुर स्थित वडाका कार्यालय परिसरमा बृक्षा रोपण गरिएको छ ।

38392383_1753688494752396_8672112928578600960_nघोराही उपमहानगरपालिकाका वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी र वडा नं.१२ अध्यक्ष राजेन्द्र बुढाले संयुक्त रुपमा विरुवा रोपी उद्घाटन गरे ।

वडाका कार्यालय नजिक रहेको बाल उद्यानमा समेत बृक्षा रोपण गरिएको थियो । त्यस अवसरमा नीम, अशोक, सितल चिनी, दाल चिनी, सिमल, टिक, कपुर, गरी १२ सय ५० वटा विरुवा रोपीको थियो ।