काठमाडौँ, १७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज बिहीबार सार्वजनकि गर्ने तयारी गरेको छ ।

studentयसअघि बोर्डले बुधबार नतिजा सार्वजनिक हुने बताएको भए पनि प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकिएको र बिहीबार सार्वजनिक गर्ने तयारी भैरहेको बोर्डले जनाएको छ ।

परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्दैछ ।