गोविन्द खड्का
घोराही, १६ साउन । जिल्ला जनस्वाथ्य कार्यालय दाङको चिकित्सक टोलीले तुलसीपुर उपमहानगरपालिकाको मानुपुर झिङैमा सोमवार औलो रोगको परिक्षण गरेको छ ।

deguत्यसक्रममा कसैलाई पनि मलेरिया नभेटिएको ल्याव टेक्नेसियन देविलाल डाँगीले जानकारी दिए । टोलीले त्यहाँका दश घरमा परिक्षण गरेको थियो ।

मानपुर स्वाथ्य चौकीमा आइतवार स्वाथ्य जा“चका क्रममा एक जना व्यक्तिलाई मलेरिया देखिएको थियो । चिकित्सकहरुका अनुसार भारतबाट भर्खरै आएका व्यक्ति भएकाले उतैबाट आएको आशंका गरिएको छ । कसैलाई मलेरिया देखियो भने त्यसको सबै घर परिवार र नजिकका ५० घर जति छरछिमेकमा स्वाथ्य परिक्षण गर्ने निति रहेको कार्यलयले जनाएको छ ।

काम ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने वाक वाकी लाग्ने जस्ता लक्षण देखिएपछि मलेरियाको शंका गरीने चिकित्सकहरुले बताएका छन् । औलो निरीक्षक कमल चन्दको नेतृत्वमा, मानपुर स्वाथ्य चौकि प्रमुख ईश्वरी चालिसे, ल्याव टेकिनेसियन डाँगी लगायतको टोलीले करीव ४० जनाको रगत परीक्षण गरेको हो । त्यसक्रममा कसैलाई नसरेको र बस्दै आएका स्थानीय कसैलाई औलो तलागेको पाइएको टोलीले परिक्षण पछि पुष्टि गरेको छ ।