काठमाडौ, २६ असार । खानीबीद अरुणकुमार सुबेदीद्धारा लिखित ‘जीबन यात्रा’ लोकार्पण भएको छ ।
बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला , नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको जीवन यात्रामा राजनीतिक, सामाजिक, धार्मिक सास्कृतिक, आर्थक बिकास, ऐतिहासिक जस्ता बिषयलाई समेटिएको छ ।
खानी संबन्धी बिषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीबन यात्रा युवा बिधार्थीका लागि मात्र होइन हरेक क्षेत्रका लागि रोचक, पढनीय एवं सन्दर्भ सामग्रीका रुपमा रहेको छ ।
घोष्टराइटिङद्धारा प्रकाशित जीबन यात्राको समीक्षा गर्दे सम्पादकहरु टंक पन्त, तीर्थ कोइराला, गुणराज लुइटेल, भुगर्भबीद तारानिधि भटराइले नेपाली समाजमा रहेका बिकृतिलाई औल्याउदै नेपालको आगामी बाटोकोबारेमा उल्लेख गरे ।











