इन्द्रेणी संवाददाता

दाङ, २६ असार । दाङको तुलसीपुरमा आज एक जनाको सडक दुर्घटनामा ज्यान गएको छ ।

Bus-acccidentवसपार्कतर्फ गइरहेको ना ५ ख ५७६८ नम्बरको बसले किच्दा पैदल शान्तिनगर गाउँपालिका ३ का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।

यात्रुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।