काठमाडौं, ७ असार। ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका गुण्डा नाइके दिनेश लामा उर्फ भालेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरीका अनुसार ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा भालेलाई नियन्त्रणमा लिइएको हो।
भालेलाई महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ । उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।











