दाङ, ७ असार । घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले दुवै मृगौला फेल भएका गंगाराम नकाललाई दश हजार रुपैया सहयोग गरेको छ ।
हाल काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका दाङको तुलसीपुर उमहानगरपालिका वडा नं १८ बेलझुण्डी निवासी ३३ बर्षिय नकाललाई एक कार्यक्रमको आयोजना गरी आज सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले दश हजार रुपैयाको चेक हस्तान्तरण गरिएको हो ।
सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङका शेयर सदस्य समेत रहेका बिनारामका दाजु गंगारामको उपचार लागि आर्थिक सहयोग गर्न संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले अनुरोध समेत गरेका थिए ।











