काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको ६ दिने भ्रमण शुरु गर्दैछन् । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाना लागेका हुन् ।

kp-oli-1500x716चीन भ्रमणका क्रममा ओलीले चीनिया राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ, लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली विहान ९ बजे हिमालयन एयरलाइन्सको चार्टर विमानबाट बेइजिङ जानेछ ।

बेलुका नै प्रधानमन्त्री ओलीको टोली बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुनेछन् । बुधबार बिहान ८ बजे प्रधानमन्त्री अ‍ोलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफीङसँग झण्डै पौने घण्टा भेट्नेछन् । शुक्रबार प्रधानमन्त्री ओलीको टोली ल्हासाका जानेछ भने शनिबार ल्हासामा रहेको पोतला दरबार,जोखाङ मन्दिर,क्युसु कृषि आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ । आइतबार बिहान ११ बजेर ५० मिनेटमा प्रधानमन्त्री ओली नेतृत्वको टोली सिचुआन एयरलाईन्समार्फत स्वदेश फर्कने कार्यक्रम छ ।