काठमडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतापछि बलियो ‘हेडक्वाटर’ को आवश्यक्ता रहेको बताएका छन् ।

UCPN-Maoist Chairman Pushpa Kamal Dahal at an interaction with the Reporters’ Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: Reporters' Club
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त विस्तारित केन्द्रीय कमिटी बैठकलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट पार्टी सामुहिकतामा चल्ने भएकाले त्यसका लागि छुट्टाछुट्टै पार्टी र समूह आवश्यक नभएको बताउँदै दुई पार्टी एकता पछि एउटै बलियो हेडक्वाटर बनाउँन लागेको बताए राजधानीमा खबर छ।

‘केही समयदेखि सामूहिकता खल्बलिदै गएको छ, बलियो हेडक्वार्टर बनाएर राष्ट्र र वर्गको सेवा गर्ने भन्दा धेरै हेडक्वार्टर बनाउने, एउटै पार्टीभित्र धेरै केन्द्र हुने, बहु केन्द्रको बहु अनुशासन हुने देखिएको छ’ दाहालले भने, ‘यसले कम्युनिस्ट पार्टी थाहै नपाइ बुर्जुवा पार्टी, पेटी बुर्जुवा पार्टी या त्यस्तै त्यस्तै अवसरवादी कमाइ खाने भाँडो बनेको कुरा पनि हामीले आत्मसात गर्न जरुरी छ ।’

बुुर्जवा वा पेटी बुर्जवा मेन्टालिटी अलि अराजक, ब्यक्तिवादी एवं आत्मकेन्द्रित मानसिकताको हुने बताउँदै उनले अब बलियो हेडक्वाटर बन्ने बताए । नेतृत्व धेरै महत्वपुर्ण भएको र यो जनताले आन्दोलनबाट छान्ने र त्यहीँ छानिएकाबाट हेडक्वाटर बन्ने कम्युनिष्ट नियम भएको उनले बताए ।

कम्युनिष्ट पार्टी नेताहरुको पार्टी हुने भन्दै बुर्जुवाहरु अराजकताबादी हुने टिप्पणी गरे । कम्युनिष्टहरुको विशेषता सामुहिकता नै भएको भन्दै उनले एउटै पाटीभित्र धेरै केन्द्र हुँदा कम्युनिष्ट कमाइखाने भाडो बनेको कुरातर्फ ख्याल गर्न निर्देशन समेत दिए ।