गोविन्द खड्का
घोराही, ३१ जेठ । अग्ला घरका मुनी भुसुना जस्ता लाग्ने मान्छेहरुको चहलपहल घोराही रतनपुर देखि तुलसीपुर चोक सम्म सोमवार बिहानै देखियो । उनिहरु भुसुना थएनन् सफा गर्न पुगेका सरसफाइ अभियान्ता ।

100_9467सार्वजनिक स्थलमा उम्रिएका घास पात काटेर फाले । झाडिहरु उखेले । ठुला महलका अगाडि छित्रिएका फोहर संकलन गरे । आ“गनमा छितरिएका प्लाष्टिक सोहरे । कालोपत्रे सडक छउछाउका कचेरा बढारे । ‘यो भोला र शुद्धप्लसका खोस्टा टिप्न मुश्किल भयो’ जलजला सहकारी घोराही १४ का सुरस बुढाले भन्नुभयो, यति राम्रा घरका मान्छेले आगनको फोहर घिन मान्दैनन् कि क्या हो ?’ उहा“ लगाएत बढार्न पुगेका सबै जसोको मुखबाट घिन लाग्ने मान्छेहरु भनेको सुनिन्थ्यो । जसका घर अगाडि र नालामा फोहरको रास हुन्थ्यो ।

नचिनेका मान्छेहरु घोप्टो परेर धमाधम् फोहर सोहर्ने काममा लागेपछि स्थानियले आश्चर्य प्रकट गर्नथाले । केहि व्यक्तिहरु चिया पसलहरु बाट ट्वाल्ल परेर हेरेका थिए । केहि पसलमा बसेर घोसोमुन्टे लाउ“थे । सरसफाइ गर्नेहरु संग मिसीने आ“ट कसैले गरेनन् । केहिले भने आफ्नो घर अगाडिको सम्म फोहर संकलन गरे र सरसफाइ गाडिमा खन्याईदिए । कतिले यो न बढार्नुस् हामि गर्छाै भन्थे । ‘गर्ने भए यत्रोबेर के हेर्नुभाथ्यो ?’ सफा गरीरहेकाहरुले जवाफ दिन्थे ।

शोरुम तथा वर्कशपबाट निश्केका प्लाष्टिक जन्य फोहर, होटल तथा चिया नास्ता पसलका फोहर र यात्रुहरुले बस बाट उडाएका फोहरहरु करीव तिन घण्टा सम्म लगातार सोहरी रहेका थिए । ‘तपाईको घर अगाडि हामिले बढार्दिनुपर्ने ?’ सहभागि दिलकुमारी पुनले तमासेहरुलाई औल्याउदै भन्नुहुन्थ्यो, ‘आउनुस यो फोहर तपाईको बाट निश्केको हो खुरुक्क उठाउनुस् ।’ यति भनेपछि लाज काज केहि व्यक्तिहरु नालामा झर्थे र सडक बढारेको अभिनय गर्थे । आफ्नो घरपसलक्षेत्र भन्दा एक ईन्च वरपर जान चाहेनन् । उनिहरुको गतिविधिले समाजिक प्राणी होईनन् । आफ्नो टोल क्षेत्रको सुन्दरता चाहा“दैनन् । वातावरण सफा राख्नु दायित्व सम्झन्नन् भन्ने बुझाउथ्यो । फोहर व्यवस्थापन गर्नेति कुनै चासो देखाएनन् ।

त्यसक्षेत्रमा भेटिएका स्थानिये सफा गर्ने व्यक्ति चिन्ने चासो राखेका थिए । अब यता पनि सरसफाइ अभियान शुरु भयो त ? प्रश्न गर्थे । टोलले गर्न लाग्यो कि ? आफै जवाफ दिन्थे बढारीरहेका संग बोल्न फुर्सद थिएन । काम गरीरहेका संग कुरा गर्न जाने हिम्मत दर्शकहरुमा आउ“दैन्थ्यो । टोलिको अगाडि सरसफाइ दुत कलाकारहरु धुर्मस सुन्तलीको सरसफाइ सन्देश मुलक रेकर्ड बजिरहेको थियो । त्यहि रिक्सामा जेष्ठ नागरीक पुर्णाकुमारी पुन सफा गर्नेहरुलाई पानी खुवाउनुहुन्थ्यो ।

त्यसरी सरसफाइ अभियान चलाउने निकाय नभएको स्थानियले गुणासो गरे । उनिहरुका अनुसार अधिकांशलाई टोलका पदाधिकारी को हुन् टोल छकि छैनन भन्ने जानकारी छैन । कतिले १५ नम्बर वडा कार्यालय समुदाय स्तरमा नपुगेको गुणासो गरे । निर्वाचित पदाधिकारी कार्यालयमा बस्नेमात्रै डिउटि हो भन्ने गलत बुझाईमा रहेको उनिहरुको भनाई थियो । त्यसकारण पनि टोलहरु निष्कृय रहेको उनिहरुको प्रतिकृया थियो । झुर्लक्क देखिएका वडा अध्यक्ष रमेशकुमार पाण्डेय संग साक्षात्कार गर्ने मौका पाएनन् । अध्यक्ष गाडिमा सवार थिए ।

‘उहा“ जस्तो मान्छे हुनुपर्छ जहा पनि पुग्नुहुन्छ र काम गनुृहुन्छ’ स्थानिय अनिल आचार्यले सुनाईरहनुभएको थियो, ‘यस्तोकाम अहिले सम्म हाम्रो क्षेत्रमा शुरु भएकै छैन ।’ यसो त आचार्य आफै दाङ जिल्ला उद्योगवाणिज्य संघका पुर्व सरसफाइ फोकल पर्सन हुनुहुन्छ । टोलक्षेत्रमा भुमिका देखाउन सक्नुभएको छैन । घोराहीका मुटु मानिने क्षेत्रमा काम गर्ने वातावरण नै छैन । ठुला घर, पसल, व्यवसाय अगाडि फोहरका थुप्रा राख्नु हाईवेको बदनाम हो । घोराही तुलसीपुरको यात्रा गरीरहेको जुनसुकै मुलुकको व्यक्तिले घिनाउने अबस्था सडक किनारामा छ । स्थानियका अनुसार टोलमा जम्मा हुने, छलफल गर्ने, केहि गरौ भन्ने ववातावरणै छैन । यसो भनिरहदा कति भने लाजले भुतुक्क भएका राता पिरा अनुहार देखाउथे । ठाडो गरी बोल्न समेत सकेनन् । बाहिर सडकतिर हेर्ने हिम्मत नगनेृहरु भित्रै घोसेमुन्टो लागाएका थिए ।

तुलसीपुर चोक नजिक आउदा भने केहि व्यक्तिले बजारीया ठालुपन देखाए । कसैले सिकाउनु परेको छैन । हामिले जान्या छौ । भो उता जाउ भन्दै झन् झन् फन फन गर्न थाले । यो फोहर उठाउनुस भनि गरीएको अनुरोधलाई उल्टो उपदेश दिन थालेपछि अभियान्ताले फोहर दिएर जवाफ फर्काए । वरपरको संकलित फोहर पसल अगाडिको थुप्रोमा मिसाईदिए । हेर्दा हेर्दै पसल अगाडि फोहरको ढा“ङ लाग्यो । अझै पुग्दैन भने टेयाक्टरको पनि खन्याईदिन्छौ भन्न थाले । त्यसपछि भने कराउनेहरु नाजवाफ भए । छिमेकिहरुले यसरी नफाल्नुस भनेकै त हो नि भनेर सुझाव दिईरहेका थिए । अभियान्ताहरु ‘बल्ल खाईस्, साहु बनेर खुब ठुलो मान्छे फर्किया थिस्’ भन्दै फोहरको थुप्रो पसल अगाडि छोडेर हिड्थे ।

‘जनप्रतिनिधी भागेर सुख पाउदैनन्’ फोहर सोहर्न पुगेका घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डागिको भनाई थियो ‘लुकेर हिड्न खोजे नागरीकले बत्तिबालेर खोज्छन् ।’ सरसफाइ कार्यक्रम समापन गर्न पुगेका उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले ‘सफा हरहमेश ागर्न पाईन्छ फोहर गर्न कसैले पनि पाईदैन’ सुझाव दिदै भन्नुभयो, ‘आफुले सफा राखे अर्काले फोहर गर्ने हिम्मात गदैन ।’ उहाले आनीवानी सुधारेपछि कसैलाई दोष लगाउनुपर्देन । कसैलाई आरोप लगाउनुपर्दैन । भन्नुभयो । जलजला सहकारीका अध्यक्ष कुृतिमान पुनले भने भाषण नगर्ने काम गर्ने भन्दैहुनुहुन्थ्यो । पसिनाले निथ्रुक्क भएका सहभागिहरु कामले थकित देखिन्नथे । सहकारीले नाफा कमाउने मात्रै होईन सामाजिक काम पनि गर्छ भन्ने देखाउदा खुशि थिए । ४६ औ विश्व वातावरण दिवसको समापन गर्न पुर्ण सरसफाइ अभियान चलाएका थिए ।