दाङ ३० असार । जिल्ला समन्वय समितिले दाङले गरेको खरिद रसिदको परिमाण भन्दा बढी परिमाणको कच्चा पदार्थको राजश्व तिर्न क्रसर उद्योगलाई निर्देशन गरेको छ । क्रसर उद्योगको अनुगमन गर्दा अधिकास उद्योग मा खरिद रसिद भन्दा बढि मात्रामा कच्चा पदार्थ स्टोर गरेर राखिएको पाइएको जिल्ला समन्वय समितिले जनाएको छ ।‘करको दायरामा ल्याउने काम शुरु भइसकेको छ ।

केही उद्योगले राजस्व तिर्न सकेका छैनन् ’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उप्रमुख श्रीधर शर्मा पौडेलद्धारा बधुवार जारी विज्ञप्तीमा भनिएको छ ‘जेठ ३१ गतेसम्म बढी भएको कच्चापदार्थको राजश्व बुझाउन बाँकि क्रसर उद्योगलाई निर्देशन गछौ । त्यो नभएमा असार १ गतेदेखि नियमानुसार थप कारवाहीगर्ने हामी बाध्यहुनेछौ ।’विज्ञप्तीमा जिल्लामा नदीजन्य पदार्थको उत्खनन्असार १ गतेदेखि बन्दगरिने पनि उल्लेख छ ।