दाङ, ३० जेठ । तुलसीपुर उद्योग बाणिज्य संघको टोली चीन गएको छ । त्यहाँ हुन लागेको वल्ड ट्रेड व्यापार सम्मेलनमा सहभागी हुन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवाणी राणाको नेतृत्वमा झण्डै १२ जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्षसहितको टोली चीन जान लागेको हो ।
दाङको तुलसीपुर उद्योग बाणिज्य संघबाट अध्यक्ष बिरबहादुर रावत, निवर्तमान अध्यक्ष बिमल रिजाल, रोल्पा उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष किशोर आचार्यलगायतको टोली चीन जान लागेको हो । त्यहाँ ब्यबसायिक प्रवद्र्धन र विश्व बजारमा देखिएको एकाधिकार तथा बजारीकरणका बारेमा समेत टोलीले अध्ययन गर्ने बताइएको छ ।











