इन्द्रेणी संवाददाता
चितवन, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपील गरेका छन् ।

Student_Admission_Program (4)बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर मा.वि.मा आयोजित अभिभावकत्व ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान शिक्षालाई आमूल परिवर्तन गरी स्वरोजगार र आत्मनिर्र्भर बनाउनुपर्ने बताए । ‘विद्यालय जान वञ्चित हजारौं बालबालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउन शिक्षक, अभिभावकसहित सबैले भूमिका खेल्नुपर्छ’, उनले भने ।

संविधान बनाउने जटिलता चिरेर शिक्षालाई मौलिक हकको रुपमा राखिएको उल्लेख गर्दै अब कार्यान्वयनमा लैजानुपर्ने बताए । कार्यक्रममा अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गरेका थिए । सो क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई उनले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका हुन् ।