तुलसीपुर १ बैशाख । तुलसीपुरमा तीन दिने केरा खेती तालिम भएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि बिकास शाखाको आयोजनामा तालिम भएको हो । यस क्षेत्रका ब्यबसायीहरुलाई केरा ब्यबसायमा सुरक्षित बनाउन तालिमको आयोजना गरिएको हो । तालिममा केरा खेती गर्ने तरिका, केरा खेतीका जोखिम, ब्यबसायीक सुरक्षालगायतका बिषयमा जानकारी गराईएको थियो । चैत २८ गते देखी शुक्रबारसम्म तालिम भएको छ । तालिमको प्रशिक्षकमा जिल्ला कृषि बिकास कार्यालय दाङका बालिसंरक्षण अधिकृत पिताम्बर बस्नेत, बागबाणी अधिकृत धनराज गौतमलगायतका रहेका थिए । साथबै तालिमको शुक्रबार समापन गरिएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि पिताम्बर बस्नेतले तालिममा सिकेको सीपलाई ब्यबहारमा उतार्न आग्रह गरे । उनले केराखेतीबाट मनग्य आम्दानी गर्न सकिने भन्दै किसानहरुले तालिमलाई सदुपयोग गर्ने आग्रह गरे । तालिममा सहभागिको तर्फबाट उमाराज सापकोटा, बसन्ता सापकोटाले तालिमम सिकेको सीपलाई ब्यबहारमा उत्तार्ने बताएका थिए । यस्तै तालिमले किसानहरुलाई फाईदा पुग्ने बताएका थिए । कार्यक्रमको सहजीकरण प्राबिधिक चन्द्रीका घर्तीले गरेकी थिईन् । ​