काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश मुख्यमन्त्रीहरूसँग परामर्श गर्ने उद्देश्यसाथ आज बैठक आह्वान गरेका छन् ।
प्रदेश मुख्यमन्त्रीका विविध टिप्पणी सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको निराकरणका लागि मुख्यमन्त्रीसँग परामर्श गर्न लागेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । छलफलमा एक प्रदेशबाट तीन जना गरी २१ जनाको सहभागिता रहने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।











