गोविन्द खड्का
घोराही, ५ चैत । ‘गुटुमुटु पारेर शुद्धप्लसका खोस्टा फाल्नेहर बढेका छन् । सोझै फाल्न लाजमान्नेहरु लुकालो फ्या“क्न पट्याई पुट्याई पार्छन् । वरपर हेरेर मान्छेले देख्दैनन भन्ने लागे फ्याट्ट टाढै हुत्याउ“छन् ।’ यो घोराही बजार भित्रका करीब असि महिलाहरुले अभिव्यक्त गरेको साझा समस्या हो ।

स्वाङ पार्नेहरुले वातावरण प्रदुशित बनाएकोे महिलाहरुले बताए । शुद्धप्लस मुखमा च्यापेर तरक्क च्यात्यो । सानो टुक्रा फुईए उडायो । ह्रवारर्र मुखमा खन्यायो रित्तो खोस्टो अर्कोतिर खसाल्यो । त्यसपछि थुतुनो गोलो बटारेर वा खिस्स दा“त पार्दै धुलो आकास तिर फुक्यो गर्नेहरुले अरुलाई असर गरेको बताए । त्यसरी खाने र फाल्नेहरु न सुध्रिय सम्म वातावरणीय सफा हुन नसक्ने सेवार खोला नया“ बसपार्क टोलका घोराही १४ का रामकली डा“गिको भनाई थियो ।

पिसाव गरेपछि शौचालयमा पानी नहाल्ने धेरै रहेको महिलाहरुले बताए । दिसा बगाएपनि पिसाव आफै झर्छ भन्ने मान्यता छ । टा“सिएको पिसावले गन्ध फैलाउ“छ भन्ने ख्याल धेरैले राख्दैनन् । शौचालय खोल्ने वित्तीकै ह्रवास्सै गन्ध आउने तर हेर्दा नदेखिने समस्या पिसाव गरेर पानी नहाल्ने हो । ‘उनिहरुले गर्दा चर्पिको सहि प्रयोग हुन सकेको छैन’ जलजला टोलका टिका गुरुङले भन्नुभयो ‘हरेक व्यक्तिले पिसाव पछि पानी हाल्ने बानी बसाल्नुपर्छ ।’ उहा“का अनुसार शौचालय जति पटक सफा गरेपनि गन्ध आउनुको मुख्य कारण पिसाव गरेर पानी नहाल्नु नै हो ।

महिनावारीलाई वार्ने र लाज मानेर लुकाउनाले व्यक्तिगत सफाई गर्न नसकेको शिक्षित महिलाहरुले प्रतिकृया दिए । प्याड किन्न लाज मान्ने, आफैले पसल बाट ल्याउन नसकेपछि समयमा नफेर्ने समस्या छ । टाउको दुख्ने, पेट दुख्ने, जा“गर नलाग्ने, खानमन नलाग्ने अबस्थामा पसलमा जान झन्जट लाग्ने महिला स्वाथ्यस्वयंसेविका बिना खनालको भनाई थियो । खनालका अनुसार त्यसतो बेलामा बा, आमा, दाजु भाईलाई प्याड ल्याईदेउ भनेर अह्राउने संस्कार नभएकाले धेरैले समस्या व्यहोरेको बताउ“छन् । तिन चार घण्टामा फेर्ने प्याड लामो समय राख्छन् । रगत रड्ने गरी राख्दा त्यसको दुर्गन्धले पाठेघरको मुखमा संक्रमण ल्याउन सक्छ ।

नधोएका फलफुल खाने पनि समस्या छ । केहि व्यक्तिहरु अंगुर, स्याउ लगाएतका काचै र बोक्रा संग खाने फलफुल धुदैनन् । बजारमा खुला राखिएका परिकारले पनि शहरलाई सफा हुन बाट रोक्छन् । धुलो उडिरहेको स्थानका खुला परिकारहरु स्वाथ्यका लागि हानीकारक छन् तर, त्यहि निर्धक्क संग खाने बानी हटेको छैन । शिसा भित्र राखेको, ढाकेर छोपेर राखेका खानेकुरा बासी भन्छन् । त्यसले पनि बाहिर बाट हेर्नेलाई फोहर खाने फोहरी भनेर पहिचान दिन्छ ।

घरमा डस्टिविन राखेपनि विद्यालयमा नहु“दा अर्को समस्या ल्याएको महिलाहरुको निष्कर्ष छ । पढ्न गएको बेला बच्चाहरुले भुईमै फाल्छन् । कक्षा कोठामा डस्टिविन नहु“दा केहिले कोठामै छितर्छन् कतिले झ्यालबाट बाहिर खसाल्छन् । त्यहि बानीले विद्यार्थी हिडेको बाटोभरी प्लाष्टिक जन्य फोहर खात लाग्छ । ‘अब स्कुलमा गएर डस्टिविन राख्न लगाउनु पर्छ’ एक महिलाले भन्नुभयो, ‘फिस बुझाउन गएको बेलामा हेरेर, नभएका ठाउ“मा राख्न लगाउनुपर्छ ।’ उहाका अनुसार बच्चाले कस्तो शौचालयमा दिसा पिसाव गर्छ । पानीको सुविधा के छ ? अभिवावकले जा“च गर्ने पर्ने भएको छ । घरमा जति सफा शौचालय भएपनि दैनिक पा“च घण्टा विताउने विद्यालयमा दुर्गन्ध सहेपछि स्वास्थयमा समस्या आउन सक्छ । बच्चाहरुले शुरक्षीत पानी प्रशस्त खान पाउने र गन्ध नआउने शौचालयमा दिसा गर्ने सुविधा हुनुपर्छ । सुविधा नभएको विद्यालयमा बच्चाहरु भर्ना नगर्ने सवालमा महिलाहरु एकमत भएका छन् ।

सरसफाइ गाडि नपुग्ने भएकाले प्लाष्टि जलाउनुपरेको रब्बे टोलका हरिकला पौडेलको भर्ना थियो । जलाएर नष्ट गर्दा त्यसैमा अरुले थुपारीदिने समस्या छ । जति पटक आगो लगाए पनि फोहर सकिदैन । ‘फोहर फाल्दा अबुझ जस्तो व्यवहार देखाउछन्’ पौडेलले भन्नुभयो, ‘तिनलाई सम्झाउन टोलटोलमा उपमहानगरपालिका जानुपर्छ ।’ उनिहरुले प्लाष्टिकमा चिया लगाएत तातो कुरा खान बहिष्कार गरेको बताए । केमिकल पग्लीएर हाम्रोशरीरमा पुगि हानी गर्छ भन्नेमा एकमत छन् । विवाह, पुजा, मरु बरु लगाएत कुनै पनि मानविय जमघटमा डस्टिविन राख्ने, प्लाष्टिकमा तातो नखाने कतैपनि फोहर हुन नदिने सामुहिक सहमति जनाएका छन् ।

प्लाष्टिक जलाएपछि त्यसको धुवा कयान्सरका किटानु हुन् । घोराही १४ का वडा अध्यक्ष शक्तिराम डागिका अनुसार त्यसरी कसैको घर परिवार वा वटुवालाई असर पुग्ने गरी जलाउन पाईदैन । आफन्त छिमेकी रिसाउने डरले त्यसता अपराध लुकाउनु हुन्न । सबै टोलवासीलाई सत्य कुरामा नडराउने कसम खान आग्रह गर्नुभयो । छेउमा प्लाष्टिक जलाएर दुःख दियो भने वडामा उजुरी गर्नुस्’ घोराही उपमहानगरपालिकाका विपद व्यवस्थापन तथा वातावरण समितिका संयोजक समेत रहनुभएका अध्यक्ष डागिले भन्नुभयो, ‘सत्य कुरामा बोल्न डराउदिन भन्ने कसम खानुस् ।’ उहाले पैसा नतिरेरै गर्न सकिने धेरे काम छन् । त्यति सुधार गरेपछि हामि रोग मुक्त बन्छौ ।