इन्द्रेणी संवाददाता
दाङ , ४ चैत्र । लालीगुराँस आवासीय माध्यमिक बिद्यालयले एक कार्यक्रम गरि कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई औपचारिक रुपमा बिदाई गरेको छ ।

20180318_153743

कक्षा नर्सरी देखि बिद्यालयमा अध्ययन गरि यश बर्षको एसइइ परीक्षामा सम्मीलित हुन थालेका विद्यार्थीहरुलाई विद्यालयले बिदाइ गरेको हो ।

20180318_153915(0)बिदाइ कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य तथा कार्यक्रमका प्रमुख अतिथि केशरमान बुढाथोकीले विद्यार्थीहरु अनुसासित, नैतिक, चरीत्रवान तथा लगनशील बनेपछि मात्र आफ्नो लक्ष्यमा पुग्न सकिने बताउनुभएको थियो ।

20180318_142008यस्तै कार्यक्रममा बिद्यालयका पुर्व प्राचार्य गोपालप्रशाद भुषाल , सहायक प्राचार्य हेमराज पौडेल , शिक्षक गौरव खड्का , विद्यार्थीहरु लक्ष्मी पछाइ , सन्तोश भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

20180318_143943विद्यालयका सहायक प्राचार्य हेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कक्षा नौ का छात्रा सुमित गुप्ताले गरेका थिए ।