इन्द्रेणी संवाददाता
काठमाडौं, १ चैत्र । राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।
यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ ।लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । अहिले काठमाडौं प्रहरीले जनाएको छ ।’ गुण्डा नाइकेको रुपमा परिचित लामाविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।











