गोविन्द खड्का
घोराही, २४ फागुन । बिरामी पर्दाको औषधि खर्चले अधिकांश मान्छेहरु गरीब भएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताउनुभएको छ । खानेपानी आयोजना व्यवस्थापन तथा पुर्ण सरसफाइ तालिमको उद्घाटन गर्दै मेयर चौधरीले फोहरका कारण अधिकांश रोगहरु लागेको बताउनुभयो ।
‘एक जना विरामी पर्दा तिन जनाको काम हड्किन्छ’ मेयर चौधरीले भन्नुभयो, ‘त्यसपछि ऋण लाग्छ विदेश कमाउन उड्नुपर्छ ।’ उहाले उचित सरसफाइ नगर्नाले अधिकांश श्वाथ्य समस्या आउने गरेको बताउनुभयो । सुरक्षित पानी आवश्यकमात्रामा प्युनेहरु निरोगि हुने भन्दै मेयर चौधरीले खाना, पानी सुरक्षित खाने अभियान व्यापक बनाउन आग्रह गर्नुभयो । घोराही उपमहानगरापलिकाका उत्तरी क्षेत्रमा पानी सन्चय गर्न ड्याम बनाउने कार्यक्रम अघि बढाएको मेयर चौधरीको भनाई थियो । थप सम्भावित स्थानमा पनि पानी संकलन गर्ने बताउभयो ।
कमाई गर्न मान्छेहरु विदेश जान्छन् । सप्रिय ऋण तिर्छन्, कतिय उतै बाट बन्द बाकसमा लास भएर आउछन् । त्यो समस्या पनि रोग र गरीविका उब्जिएको वडा अध्यक्षहरुको भनाई थियो । ‘अझै पनि सरसफाइ भनेको केहो भन्ने गाउ“मा थाहै छैन’ घोराही ८ का अध्यक्ष चन्द्र प्रसाद चौधरीले भन्नुभयो, ‘मन्त्र सिक्नुस र गाउमा गएर सबैलाई सचेत बनाउनुहोस् ।’ उहाका अनुसार घर आगन कसरी सफा हुन्छ भन्ने पनि कतिलाई थाहै छैन । शौचालयमा दिसा गरे झिंगा माखाका माध्यमले खाना र पानी संग दिसा खाईन्छ भन्ने पनि सिकाउनुपर्ने छ ।
घरको चर्पि सफागर्न लाजमान्ने र परिवारै विरामी बनाउने उपचार खर्चका लागी विदेशमा भंगी हुने गलत चलन बस्दै आएको बक्ताहरुको भनाई थियो । मुहानहरु मस्न होडबाजी रहेको गुणासो गरेका थिए । ‘हिउदमा सुख्खाका कारण मुहानको पानी घट्दै जान्छ’ घोराही ९ का अध्यक्ष मानबहादुर वस्नेतले भन्नुभयो, ‘त्यहि पानी बर्षात्मा फोहर भल मिसिने खतरा छ ।’ उहाका अनुसार पानी दुषित र अभाव मानविय कारणले बढ्दै गएको छ । सिमसार क्षेत्र प्लटिङमा परिणत गर्ने क्रम तिब्र छ । खानेपानीका मुहान वरपर, खोला खोल्सा र सिमसार क्षेत्रहरुमा खुला दिसा गर्नेहरु छन् । उनिहरुको दिसा र फोहर हाम्रा खानेपानीका महानमार्फत मुख सम्म पुगेको छ ।
अहिले पनि पुर्णरुपमा खुला दिसा मुक्त हुन नसकेका बस्ति धेरै रहेको जनप्रतिनिधिहरुको भनाई छ । ‘गाउबस्तिमा घुम्दा खुलादिसा हुने गरेको अनुभुति भएको छ’ घोराही १० का अध्यक्ष चित्र बहादुर डागि निर्मलले भन्नुभयोे । ‘बर्षातमा जरुवा, नल्का, ताल तलैयामा मिसिने दुषित पानी शुद्धिकरण गर्ने उपाए घरघरै सिकाउनु पर्ने छ ।’ उहा“हरुका अनुसार धामि झाक्री झारफुक तिर लाग्ने तर आफ्नो चर्पि फोहर भएको पानी असुरक्षित रहेको बारे सोचिदैन । पानी कम भए टाउको दुख्छ, ज्वारो आउने लगाएत समस्या हुन्छ । दुषित भए टाईफाईड, हैजा, आउ पर्ने तर विरामी भएको कारण नखोजी झारफुकमा जाने गाउले परम्परा कायम छ ।
खुला शौच भैरहेको आफुले देखेको नारायणपुर उद्योगवाणिज्य संघका अध्यक्ष महेन्द्र दाहालको भनाई थियो । व्यापारी र व्यवसायीहरुबाट हुने फोहर व्यवस्थापन गर्न आफु लागि पर्ने दाहलले प्रतिबद्धता जनाउनुभयो । जथाभावि फोहर फाल्नेहरुलाई सिकाउन र सफा सुग्घर राख्न आफु जुनसुकै बेला जस्तो सुकै अभियानमा लाग्न तयार रहेको अध्यक्ष दाहालको भनाई थियो ।
साविक त्रिपुर अन्तर्गत पर्ने घोराही उपमहानगरपालिकाका जनप्रतिनिधि र खानेपानी समितिका पदाधिकारीहरुका लागि दुईदिने तालिम मंगलवार नारायणपुरमा शुरु भएको छ । उनिहरुले खानेपानी मुहान नजिक विषादि हालीने तरकारी खेति रहेको, गाई वस्तु बाध्नाले मल मिसिन सक्ने लगाएतका समस्या बताएका छन् । जथाभावि फोहर फाल्ने, सार्वजनिक स्थलमा लगेर खत्याउने लगाउतका समस्या रहेको सुनाए । चुर्ति पुकार चुरोट, बच्चाका खानेकरा लागाएत हरेक चिज बाटो चोकमा फालेर फोहर बनाउने गरेको सुनाए । तिर्खा लागेपछि मात्रै पानी खानेचलन रहेको भवानी खानेपानीका अध्यक्ष खिमानन्द खनालको भनाई थियो । समयमा पानी नखादा दिसा ठिक समयमा नलाग्ने त्यसले गर्दा बारीमा काम गर्दा, खेत मा जोत्दै गदाृ, मेलापातमा घास दाउरा गर्दा खुला दिसा हुने गरेको सहभागिले स्विकारे । शरिरले नमाग्दै आवश्यकता अनुसार पानी खाने बानी बसाल्न जरुरी देखिएको भनाई थियो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ फेडवासन दाङका अध्यक्ष धु्रर्व ठकुरीको अध्यक्षतााम भएको कार्यक्रममा सहभागिहरुलाई स्वागत कार्यकक्रम अधिकृत सिता पाण्डेयले गर्नुभएको थियो । घोराही उपमहानगरपालिकाको सहयोगमा फेडवासन द्धारा सन्चालीत खानेपानी आयोजना व्यवस्थापन तथा पुर्ण सरसफाइ तालिम कार्यक्रमको सहजिकरण सचिव केशब दाहालले गर्नुभएको थियो ।










