तुलसीपुर १६ फागुन । दाङमा दुर्घटनामा परि यातायात ब्यबस्था कार्यालय राप्तीका नायब शुब्बा हरि बहादुर नेपालीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १६ सर्रा चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटना चालकको मोटरसाइकल अनियन्त्रित भइ घोराही बाट तुलसीपुर तर्फ गइरहेको ना ६ ख ६२० नम्बरको ट्रकमा ठोकिएर सडकमा पल्टिएपछि पछाडिबाट आएको रा १ त ८३७ नम्बरको ट्याक्टरले किच्दा रा ३ प ८७ ७३ नम्बरको मोटरसाइकल सवार मुसिकोट नगरपालीका ४ चाँपा निबासी ४५ बर्षीय नेपालीकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने ट्रक र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
