इन्द्रेणी संवाददाता
सुर्खेत, ६ फागुन । नेकपा एमाले र माओवादीले प्रदेश नम्बर ६ मा मन्त्रालयको भागवण्डाको विषयमा टुङ्गो लगाएका छन् ।
नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय लिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नरेश भण्डारीलाई र सामाजिक विकास मन्त्रालय विमला केसीलाई मन्त्री बनाउने सहमति भएको माओावादीका एक सांसदले जानका दिनुभयो । यसअघि माओवादीले आर्थिक तथा तथा योजना मन्त्रालय दावि गरेपनि अन्तमा एमालेले नै लिएको छ ।
यस्तै एमालेले आर्थिक तथा तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेले लिने भएको छ ।
१ मुख्यमन्त्री- महेन्द्र बहादुर शाही (कालिकोट)
२. आन्तरिक मामिला तथा कानुन मन्त्री – नरेश भण्डारी (जुम्ला)
३. आर्थिक मामिला तथा योजना मन्त्री – प्रकाश ज्वाला (सल्यान)
४. भौतिक पुर्बाधार बिकास मन्त्री- खड्क खत्री (सुर्खेत)
५. सामाजिक बिकास मन्त्री- दल रावल (हुम्ला)
६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री- नन्दसिह बुढा (डोल्पा)
७. भुमी ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री- बिमला के.सी. (रुकुम पश्चिम)