काठमाडौँ, ६ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको विषयमा टुङ्गो लगाउन एकता संयोजन समितिको बैठक आज आइतबार वस्दैछ ।

parti akata दुई पार्टी बीचको एकता अन्तिम चरणमा पुगेको भनिए पनि बिहीबार प्रधानमन्त्री नियुक्ति र शपथमा नै समय गएका हुनाले प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

शनिबार एमाले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको एक्लाएक्लै वार्ताले एकता संयोजन समितिको बैठक बसाएर टुङ्गो लगाउने सहमति भएको छ ।