इन्द्रेणी संवाददाता
बुटवल, ४ फागुन । प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलसहित तीन मन्त्रीले बिहीबार शपथ लिए । मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र वैजनाथ चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश सचिव सनतकुमार दुवाडीले बिहीबार पत्रकार सम्मेलन गरी संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशप्रमुखबाट मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन भएको जानकारी गराए ।