इन्द्रेणी संवाददाता
आज नै पार्टी एकता घोषणा गर्ने तयारीका साथ बसेको बहुप्रतिक्षित एकता संयोजन समितिको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले पार्टी एकता प्रक्रियासँग छलफलमा रहेका अधिकांश विषयमा सहमति गरेको जनाइएको छ ।

बैठकमा पार्टी एकताको प्राविधिक कुराहरूको तयारी गर्न कार्यदल बनाउने, नेतृत्वको मोडालिटी, कार्यदिशा लगायतका विषयमा सहमति जुटेको बताइएको छ ।प्रक्रियासँग सम्बन्धित छलफल हुन नपाएका विषयमा भोली टुंगो लगाइनेछ । आजको बैठकपछि ओली र प्रचण्डवीच केही समय एक्लाएक्लै छलफल भएको थियो ।











