इन्द्रेणी संवाददाता

काठमाडाैँ २ फाल्गुन । एमाले स्थायी समितिको बैठक सकिएको छ । भर्खरै सकिएको बैठकले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीकोरुपमा अगाडि बढाउने भएको छ । बैठकमा आजै बसेको माओवादी अध्यक्ष प्रचण्डसँगको वान टु वान वार्ताबारे ओलीले व्रिफिङ गराएका थिए । ओलीले आलोपालाे सरकारको नेतृत्व गर्ने विषयमा भएको समझदारी बैठकमा भनेको नेता सुरेन्द्र पाण्डले जानकारी दिए ।

CPN-UMLउनले सरकारको नेतृत्व कसले पहिला गर्ने भन्ने विषयमा छलफलकै विषय भएको पनि बताए । फेरी, ओली र प्रचण्डको वान टु वान वार्ता हुने र पार्टी एकता संयोजन समितिको बैठक बस्ने उनले जानकारी दिए । पार्टी एकतालगायतका विषयमा अहिले बस्ने ओली प्रचण्डबीचको बैठक र त्यसलगत्तै बस्ने संयोजन समितिको बैठकले टुंग्याउने पनि नेता पाण्डले बताए । नयाँ पत्रीकामा खबर छ ।